किष्ट बैङ्कका तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रेष्ठ र घर्तीलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । उनीहरु पक्राउ परेकाबारे सीआईबीका एसपी सुदीप गिरीले पुष्टि गरेका छन् ।

किष्ट बैङ्क घोटाला काण्डमा प्रहरीले बीएन घर्ती र प्रगुन श्रेष्ठलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रेष्ठ र घर्तीलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । उनीहरु पक्राउ परेकाबारे सीआईबीका एसपी सुदीप गिरीले पुष्टि गरेका छन् । श्रेष्ठ किष्ट बैङ्कका तत्कालीन डेपुटी जनरल म्यानेजर हुन् ।

क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘हामीले नियन्त्रणमा लिएका छौं, अनुसन्धान हुँदैछ, बेलुकासम्म सबै विवरण दिन्छौं ।’

किष्ट बैङ्क घोटाला काण्डमा तत्कालीन प्रबन्धसञ्चालक कमलप्रसाद ज्ञवालीसँगै तत्कालीन नायब महाप्रबन्धक बीएन घर्तीसहित मुछिएका थिए । ज्ञवालीले जम्बो प्रकाशन प्रालिलाई कमसल धितो राखी १४ करोड ऋण दिलाएका थिए ।

ज्ञवालीको निर्देशनमा घर्तीले कर्जा फाइलमा हस्ताक्षर गरेका थिए । घर्ती बैङ्किङ क्षेत्रमा राम्राे छविका मानिन्थे ।

प्रहरीले यसअघि सोही काण्डमा तत्कालीन बैङ्कका प्रबन्ध सञ्चालक ज्ञवालीलाई गएको असोज १९ मा भारतबाट पक्राउ गरेको थियो । ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैङ्किङ कसुर ठहर गरेको थियो ।