सिद्धार्थले ५ प्रतिशत बोनससहित १३ प्रतिशत लाभांश दिने

कम्पनीले ५ प्रतिशत बोनस तथा ८ दशमलव १६ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सिद्धार्थ बैङ्कले आफ्ना लगानीकर्तालाई १३ दशमलव १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस तथा ८ दशमलव १६ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले ५ प्रतिशतका दरले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ रुपैयाँको बोनस सेयर तथा ८ प्रतिशतका दरले ६९ करोड ६ लाख ९३ हजार ८ सय ३८ रुपैयाँ नगद लाभांश (कर प्रयोजन)सहित दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिले निर्णय गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाएपछि मात्र वितरण हुनेछ ।