मेट लाइफसँग गरिएको बिमापछि१३ प्रकारका घातक रोग लागे अब नबिलका ग्राहकले ‘नबिल कयेर’मार्फत् ३ लाख रुपैयाँसम्म पाउने छन् ।
नबिल बैङ्कले १३ प्रकारका घातक रागेविरुद्ध आफ्ना ग्राहकलाई सित्तैमा बिमा गरिदिएको छ । मेट लाइफसँग गरिएको बिमापछि१३ प्रकारका घातक रोग लागे अब नबिलका ग्राहकले ‘नबिल कयेर’मार्फत् ३ लाख रुपैयाँसम्म पाउने छन् । तर, त्यसका लागि नबिल बैङ्कको खातामा ग्राहकले न्यूनतम २५ हजार रुपैयाँ डिपोजिट गरेको हुनुपर्ने छ ।
बैङ्कले ल्याएको उक्त योजना मङ्सिर ९ गतेदेखि लागू हुने जनाउँदै घातक रोगबाट मृत्यु भएमा ७५ हजार रुपैयाँ उपलब्ध गराइने बताएको छ । खातावालालाई क्यान्सर, हृदयघात, एप्लास्टिक, मृगौला तथा फोक्सोको खराबी, कोमा, स्ट्रोक, मुटु भल्ब सर्जरी, हेपाटाइटिस, एनिमिया, धमनी रोग, उच्च रक्तचाप, बोन म्यारो प्रत्यारोपण गरी १३ प्रकारका रोगमध्ये कुनै एक रोग लागेमा उपचारका लागि ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने छ । त्यसका लागि उपचारार्थ अस्पतालको निवेदन मात्र ल्याए मात्र पनि बिमा भुक्तानी हुनेछ ।
बैङ्कले यस योजनाअन्तर्गत मङ्सिर ८ गतेसम्म खातामा २५ हजार रुपैयाँ भएका खातावालाको बिमा गरिसकेको जनाएको छ ।