एनआईसी एसिया बैङ्कले लगानीकर्तालाई दिन लागेको साढे १० प्रतिशत लाभांशका लागि मङ्सिर १९ गतेदेखि पुस ४ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर तथा शून्य दशमलव ५ सय २६ प्रतिशत नगद लाभांश दिँदै छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निणर्य नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि पुस ४ गते बैङ्कको साधारणसभा हुने भएको छ ।