पुनर्निर्माणको कार्यमा समन्वय एवं सहयोग आदान प्रदान गर्नका लागि काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रममा गरिएको समझदारीपत्रमा प्राधिकरणका तर्फबाट जिल्ला कार्यान्वयन इकाई (जिमाली) काभ्रेका आयोजना प्रमुख लोकनाथ रेग्मी र सम्बन्धित गाउँपालिकाका/नगरपालिकाका प्रमुख/उपप्रमुखले हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुनर्निर्माणका कामहरुलाई प्रभावकारी बनाई छिटो सम्पन्न गर्न काभ्रेपलान्चोकका स्थानीय तहहरुबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पुनर्निर्माणको कार्यमा समन्वय एवं सहयोग आदान प्रदान गर्नका लागि काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रममा गरिएको समझदारीपत्रमा प्राधिकरणका तर्फबाट जिल्ला कार्यान्वयन इकाई (जिमाली) काभ्रेका आयोजना प्रमुख लोकनाथ रेग्मी र सम्बन्धित गाउँपालिकाका/नगरपालिकाका प्रमुख/उपप्रमुखले हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग भएको समझदारीबाट पुनर्निर्माणको कामले अझ बढी गति लिई बाँकी काम समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले भूकम्प प्रभावित अरु जिल्लाहरुमा पनि स्थानीय तहहरुसँग समझदारी गरेर अघि बढ्ने बताए ।
प्रदेश नं. ३ का सभासद् लक्ष्मण लम्सालले समझदारीले पुनर्निर्माणका बाँकी कामहरुलाई उदाहरणीय बनाउन सहयोग पु¥याउने बताए ।
मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले समझदारीलाई अक्षरश पालना गरी पुनर्निर्माणको बाँकी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल डिम्माले समझदारी पुनर्निर्माणका लागि कोसेढुङ्गा भएको टिप्पणी गरे । ‘असार मसान्तभित्र निजी आवास निर्माण गर्न समझदारीले महत्वपूर्ण भूमिका खेल्नेछ’–उनले भने ।
निजी आवास पुनर्निर्माण सम्बन्धी दुई दिन आयोजित कार्यक्रममा चालू आर्थिक वर्षमा निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने गरी स्थानीय तहहरुले आ–आफ्नो कार्ययोजना पनि तयार पारेका छन् ।