मङ्सिर १८ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र १० प्रतिशत बोनस सेयर पाउने छन् ।
काठमाडाैं । एनआईसी एसिया बैङ्कले मङ्सिर १९ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मङ्सिर १८ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र १० प्रतिशत बोनस सेयर पाउने छन् ।
८ अर्ब ३ करोड चुक्ता पुँजी रहेको कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतका दरले ८० करोड ३१ लाख रुपैयाँको बोनस सेयर दिने छ । बैङ्कले पुस ४ गते वार्षिक साधारण सभा गर्दैछ ।
उक्त वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्ने छ ।