समता माइक्रोफाइनान्सको मूल्य समायोजन

कम्पनीले ६ दशमलव ६७ प्रतिशत बोनस सेयर दिने भएपछि सेयर मूल्य समायोजन भएको हो ।

काठमाडाैं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १ हजार २ सय रुपैयाँमा समायोजन भएको छ । कम्पनीले ६ दशमलव ६७ प्रतिशत बोनस सेयर दिने भएपछि सेयर मूल्य समायोजन भएको हो ।

हाल कम्पनीको आधार मूल्य १ हजार २२ दशमलव ५८ रुपैयाँ छ ।