एक्जिम बैङ्कले पहिलो पटक ३ अर्ब रुपैयाँ सहुलियत कर्जा स्वीकृत गरेको छ । एक्जिम बैंकले ललितपुरको पुल्चोकस्थित भूकम्पबाट क्षतिग्रस्त हरिहरभवन पुननिर्माण गर्न १ प्रतिशत सहुलियत ब्याजमा ऋण स्वीकृत गरेको हो ।
काठमाडौं । भूकम्पपछिको पुननिर्माणमा (भारतीय आयात—निर्यात) एक्जिम बैङ्कले पहिलो पटक ३ अर्ब रुपैयाँ सहुलियत कर्जा स्वीकृत गरेको छ । एक्जिम बैंकले ललितपुरको पुल्चोकस्थित भूकम्पबाट क्षतिग्रस्त हरिहरभवन पुननिर्माण गर्न १ प्रतिशत सहुलियत ब्याजमा ऋण स्वीकृत गरेको हो ।
२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन निर्माण गर्न भारतीय एक्जिम बैङ्कको सहुलियत ऋण सहयोग बनाउने गरी भारत सरकारसँग सहमति भएको थियो ।
एक्जिम बैङ्कले दिने ७५ अर्ब रुपैयाँ सहुलियत ऋणमध्ये पहिलो पटक हरिहरभवन निर्माणका लागि स्वीकृत गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए । एक्जिम बैङ्कले दिने ७५ अर्ब सहुलियत ऋण हरिहरभवन निर्माणका लागि प्रस्ताव स्वीकृत पत्र पठाएको छ’ उनले भने, ‘त्यस्को डीपीआर बनिसकेकाले प्रक्रियामा अघि बढ्दैछ ।’
लामो समयदेखि हरिहरभवन पुनिर्माणका लागि सहुलियत ऋणका विषयमा अन्योलता हट्नु सकारात्मक रहेको ज्ञवालीले बताए । ‘डीपीआर बनिसकेकाले कामलाई अघि बढाउन काजजात तयार पार्ने, आवश्यक ठेक्कापट्टा गर्ने र आन्तरिक रुपमा कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गर्दैछौं ’ उनले भने ।
सहुलियत ऋण लिएपछि ६५ प्रतिशत निर्माण सामग्री र परामर्शदाता भारतीय नै हुनुपर्ने शर्तछ ।