सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि डिबेञ्चर निष्कासन गर्दै, वार्षिक १०.५ प्रतिशत ब्याज दिने

काठमाडौं । सिद्धार्थ बैंकले वार्षिक साढे १० प्रतिशत ब्याज दिने गरी एसबीएल डिबेञ्चर निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २३ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरका २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता डिबेञ्चर निष्कासन गर्न लागेको हो ।
डिबेञ्चर निष्कासन बन्द छिटोमा मंसिर २६ र ढिलोमा पुस २३ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम २५ र अधिकतम १ लाख कित्तासम्म दरखास्त दिन पाइने एनआईबीएलले जानकारी दिएको छ ।