एनआईसी एसिया बैङ्कको डेबिट/क्रेडिट कार्डमा क्यास ब्याक योजना सुरु

एनआईसी एसिया बैङ्कले भिषाको सहकार्यमा पीओएस मेसिनमा यस बैङ्कको भिषा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको सुरु गरेको छ । बैङ्कले सञ्चालनमा ल्याएको योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुने जनाएको छ ।

यस अवधिमा एनआईसी एसिया बैङ्कको भिषा डेबिट/क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसार क्यास ब्याक पाउनेछन् ।

प्रथम कारोबारमा कारोबार रकमको २ प्रतिशत वा बढिमा १ सय रुपैयाँ रहने छ भने दोस्रो कारोबारमा कारोबार रकमको ४ प्रतिशत वा बढिमा २०० रुपैयाँ पाउनेछन् । यस्तै तेस्रो कारोबारमा कारोबार रकमको ६ प्रतिशत वा बढीमा ३ सय रुपैयाँ, चौथो कारोबारमा कारोबार रकमको ८ प्रतिशत वा बढीमा ४ सय रुपैयाँ तथा पाँचौ कारोबारमा १० प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ ।