९०० मेगावाट अरुण तेस्रो विद्युतगृहको शिलन्यास, ११५ अर्ब भारतीय लगानी, ५ वर्षमा सकिने

भारत सरकार स्वामित्वको एसजेविएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ ।

काठमाडौं । आउँदो ५ भित्र ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली बल्ने भएको छ । भारतको सतलज जलविद्युत निगम लिमिटेडको लगानीमा निर्माण सुरु भएको आयोजनाको विद्युतगृहको शिलन्यास भएको छ । सतलजको सहायक कम्पनी एसजेवीएन अरुण ३ हाइडोपावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शतिशकुमार शर्माले संखुवाभाको चिचिला गाउँपालिकामा पर्ने पुखुवामा विद्युत् गृह निर्माणको शिलान्यास गरेक हुन्।

भारत सरकार स्वामित्वको एसजेविएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । उनले आउदो सन् २०२२ को सेप्टेम्बरसम्म बिजुली उत्पादन हुने जानकारी दिए । बाँध क्षेत्रमा पनि धमाधम काम भइरहेको उनले बताए । बाँध क्षेत्रबाट सुरुङ मार्गको काम तीव्र गतिमा भएको छ । सीईओ शर्माका अनुसार १२६ मिटर सुरुङ निर्माण भइसकेको छ । “सुरुङ ११.७४ किलोमिटर निर्माण गर्नुपर्नेछ”, उनले भन्ने, “हामीले काम अघि बढाइसकेका छौँ ।” छ्याङकुटीबाट विद्युत् गृहसम्म एक महीनाअघि कच्ची सडक पुगिसकेको छ । खाँबारीबाट बाँधस्थलसम्मको सडक स्तरोन्नति भइसकेको छ । सङ्खुवासभा, भोजपुर र खोटाङ हुदै प्रशारणलाइन लगिने छ । प्रशारणलाइनमा निर्माण गरिने ५०१ वटा टावरको पनि काम शुरु भइसकेको छ ।

आयोजनाको सडक निर्माणको काम अन्तिम चरणमा छ कच्ची सडक विद्युत् गृह स्थल पुगिसकेको छ, त्यसलाई चौडा बनाउने काम भइरहेको छ । पूर्वाधार निर्माणका काम पनि अघि बढिसकेको छ । आयोजना स्थलमा भौतिक संरचना निर्माण थाल्नुअघिको सम्पूर्ण प्रक्रिया पनि पूरा भइसकेको छ । अब चार स्थानबाट सुरुङको काम अघि बढेपछि अझै तीव्रता पाउनेछ ।

मकालु गाउँपालिकामा निर्माण हुने आयोजनाका लागि छ्याङ्कुटीबाट दिदिङको पुखुवा र बाँध स्थलबाट विद्युत्गृह जाने लिङ्क रोड निर्माण भइसकेका र पाँचवटा पक्की पुलमध्ये अधिकांशको काम सकिएको छ ।

छ्याङकुटीबाट पुखुवा विद्युत् गृहसम्म २८ किलोमिटर लामो सडक निर्माण भइसकेको छ । फ्याक्सिन्दाबाट सुन्तलेसम्मको साढे १४ किमीमध्ये साढे ११ किमी सडकमध्ये केही मिटर मात्र खन्न बाँकीछ ।

यसअघि पनि जिल्ला प्रशासनले २५८ परिवारलाई मुआब्जा वितरण गरिसकेको छ । उनीहरुलाई १ अर्ब ९५ करोड २५ लाख ३७ हजार १०५ वितरण गरिसकेको छ । ११ परिवारलाई ४ करोड ८५ लाख वितरण गर्न बाँकी छ । एसजेवीएनले आउँदो ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।आयोजनाको बाँध निर्माण काम शुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ ।

भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचनामा  ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ ।
आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ ।

यस्तै आयोजनामा नेपाली बैंकले पनि ऋण लगानी गर्ने भएका छन् । एभरेष्ट बैंकले अरुण तेस्रो जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । एभरेष्टले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्ने भएको हो । एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएनबीच ऋण लगानी सम्झौता भएको छ ।

एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको छ । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।

यस्तै नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने छ । यसका लागि नेपाली बैंकसँग प्रस्ताव मागिसकेको छ ।
भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादनका लागि उक्त रकम लगानी गर्ने तयारी एसजेवीएनको छ ।

आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ ।
भारत निकासीका आयोजना बन्न लागेको हो । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो ।