सेयर बजार घट्दाको असर, माइक्रो फाइनान्सको मूल्य पनि भारी गिरावट

यो साताको कारोवार हुने अन्तिम दिन अर्थात् मंसिर १३ गतेसम्म सेयर बजार दोहोरो अङ्कले घटेर १ हजार १४८ बिन्दुमा भरेको छ । करीब चार हजारको बिन्दुमा रहेका माइक्रो फाइनान्स समूहका सेयर घटेर न्यूनतम ५०० बिन्दुमा झरेका छन् ।

काठमाडौ । कुनै समय लगानीकर्ताका लागि आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको सेयर अहिले उच्च बिन्दुले घटेको छ । सेयर बजार घटेर न्यून बिन्दुमा पुग्दा त्यसको प्रभाव स्वतः माइक्रोफाइनान्समा परेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा हाल ३८ माइक्रो फाइनान्स संस्था दर्ता छन् । ती संस्थाले नियमित रुपमा कारोवार गरिरहेका छन् । गत वर्ष उच्च बिन्दुमा रहेका ती कम्पनीका सेयर मूल्य यस वर्षको मंसिरको दोस्रो सातासम्म आइपुग्दा न्यून बिन्दुमा पुगेको हो ।

यो साताको कारोवार हुने अन्तिम दिन अर्थात् मंसिर १३ गतेसम्म सेयर बजार दोहोरो अङ्कले घटेर १ हजार १४८ बिन्दुमा भरेको छ । करीब चार हजारको बिन्दुमा रहेका माइक्रो फाइनान्स समूहका सेयर घटेर न्यूनतम ५०० बिन्दुमा झरेका छन् । स्टकमा सूचीकृत आरम्भ माइक्रो फाइनान्स पछिल्लो कारोवार प्रतिकित्ता ७१० मा भएको छ । प्रतिकित्ता ९६३ सम्म कारोवार भएको सो कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य गत वर्ष १ हजार १३० रुपैयाँमा कारोवार भएको थियो । सो कम्पनीको सेयर ओरालो लागेर हाल ८५३ मा कारोबार हुन पुगेको छ । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत घटेको छ । गत वर्ष १ हजार ३२ मा कारोवार भएको सो कम्पनीको सेयर हाल ५५६ मा कारोवार भएको छ ।

डिप्रोक लघुवित्त वित्तीय संस्थाको ५९० र फष्ट माइक्रो फाइनान्स ३३० मा कारोवार हुँदा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १ हजार ८३६ मा सीमित भएको छ । गत वर्ष फरवार्डको ३ हजार ५३२ मा खरीद बिक्री भएको थियो । गत वर्ष मङ्सिरमा १ हजार ५६२ मा खरीद बिक्री भएको ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बिहीबार १ हजार ४४ रुपैयाँमा कारोवार भएको थियो ।

कुनै समय अत्यधिक मात्रामा आकर्षक मानिएको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य फराकिलो बिन्दुले घटेको छ । गत वर्षको मङ्सिरमा ३ हजार ७७५ मा कारोवार भएको सो संस्थाको सेयर मूल्य ओरालो लागेर २ हजार ६०० मा झरेको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४३० मा कारोवार हुँदा कालिका लघुवित्तको ९४१, किसान माइक्रो फाइनान्सको १ हजार १७०, लक्ष्मी लघुवित्तको ७१८, महिला सहयात्रा माइक्रो फाइनान्सको ६०५ र मेरो माइक्रो फाइनान्सको ९६५ मा कारोबार भएको छ ।

आकर्षक मानिने महुली सामुदायिक लघुवित्त वित्तीय संस्था १ हजार २२५, मिर्मिरे लघुवित्त वित्तीय संस्था ९८०, नाडेप लघुवित्त ७१६, नागबेली लघुवित्त ८२१, नेशनल माइक्रो फाइनान्सको १ हजार ७६६, नयाँ नेपाल लघुवित्तको ५२०, नेपाल सेवा लघुवित्त ५४१, नेरुडे लघुवित्त ५०५, निर्धन उत्थान लघुवित्त ७१६, एनएमबी माइक्रो फाइनान्स १ हजार ३०, आरएमडिसी लघुवित्त ५८४, आरएसडिसी लघुवित्त ३८२ र समता लघुवित्तको १ हजार ९४ रुपैयाँमा सेयर कारोवार भएको छ ।

अधिकांश माइक्रो फाइनान्सको सेयर मूल्य ओरालो लाग्दा बोमी माइक्रो फाइनान्स वित्तीय संस्थाको ८३४, विजय लघुवित्त वित्तीय संस्था ६०१, उन्नती माइक्रो फाइनान्स १ हजार ५३२, स्वरोजगार लघुवित्त वित्तीय विकास बैंक ५१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ६२४, स्वावलम्बन लघुवित्त वित्तीय संस्था १ हजार ५०, साना किसान विकास बैंकको १ हजार ३०, समिट माइक्रो फाइनान्सको ७७०, सर्पोट माइक्रो फाइनान्स ६३० र सूर्योदय लघुवित्तको सेयर १ हजार ४८० रुपैयाँमा कारोवार भएको छ । रासस