लघुवित्तलार्इ ठूला कम्पनीका रुपमा विकास गर्दै लैजाऔँ—अर्थमन्त्री खतिवडा

लघुवित्तको विकास लागि सहकारी ऐन र भएको नियमलाई पनि लघुवित्तमैत्री बनाएर ठूलो कम्पनीका रुपमा विकास गर्नुपर्ने खतिवडाले बताए । दिगो विकास अवधारणाअनुसार आफ्नो निर्णय आफै गर्न सक्ने क्षमता लघुवित्तमा हुनेपर्ने उनको भनाई छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तलाई वित्तीय संस्थालाई ठूला कम्पनी तथा व्यवस्थित तरिकाले विकास गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको समापनका अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

लघुवित्तको विकास लागि सहकारी नियम कानुन तथा ऐन र भएको नियमलाई पनि लघुवित्त मैत्री बनाएर ठूलो कम्पनीका रुपमा विकास गर्नुपर्ने खतिवडाले बताए । उनले दिगो विकास अवधारणाअनुसार आफ्नो निर्णय आफै गर्न सक्ने क्षमता लघुवित्तमा हुनेपर्ने उनको भनाई छ ।

धेरै बङक खोलिएको अवस्थामा सेवामा पनि फराकिलो हुने भनिए अहिलेका अवस्थामा प्रभावकारी सेवामा समस्या आउन सक्ने उनले बताए । ‘कुनैबेला बैङ्क धेरै भने सेवा धेरै हुन्छ भन्ने सोचिन्थ्यो । तर, अहिले धेरै बैङ्क भए सेवा नभएका कारण समस्या आयो’ उनले भने, ‘त्यस्का लागि राष्ट्र बैङ्कले ऐन बनाउनै पर्छ ।’

धेरै भएपनि त्यसअनुसारको सेवा नभएकाले अहिले बैङ्कको मर्ज नीति लिइएको खतिवडाले बताए । लघुवित्तको पनि संख्या बृद्धि भन्दा सेवा वृद्धिमा ध्यान दिनुपर्ने उनले औल्याए ।

लघुवित्तमा बिमा अनिवार्य विषय भएको भन्दै उनले जोखिमपूर्ण व्यवसाय गर्ने र लघुवित्तमा आवद्ध भएकाहरुले बिमा अनिवार्य गर्नुपर्ने बताए ।