इन्फ्रास्ट्रक्चर बैङ्कको सीईओमा अनिल ज्ञवाली

इन्फ्रास्टकचर बैङ्कले केन्द्रीय बैङ्क जान आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा सीईओमा ज्ञवाली नियुक्ति गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल ज्ञवाली नियुक्त भएका छन् । नेपाल राष्ट्र बैङ्कबाट सैद्धान्तिक सहमति पाए पनि सञ्चालनका लागि अन्तिम स्वीकृति पाएको छैन । इन्फ्रास्टकचर बैङ्कले केन्द्रीय बैङ्क जान आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा सीईओमा ज्ञवाली नियुक्ति गरेको हो ।

ज्ञवालीले ३३ वर्षअगाडि नेपाल अरब बैङ्क (नबिल)को कर्मचारीका रुपमा करिअर सुरु गरेका थिए । २० अर्ब रुपैयाँ चुक्ता पुँजीसहित स्थापना हुन लागेको कम्पनीले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक स्वीकृति पाएको थियो । बैङ्कले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्ने योजना बनाएको छ ।

२० अर्बको ६० प्रतिशत अर्थात् १२ अर्ब रुपैयाँ संस्थापक सेयर हुनेछ । पुस दोस्रो सातासम्म बैङ्क सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको बताइएको छ ।