कुनैपनि हालतमा तामाकोसी आयोजना निर्माणमा ढिलाई हुनुहुन्न— उर्जामन्त्री पुन

निर्माणधीन ४ सय ५६ मेगावाट उक्त आयोजना थप एक बर्ष पर धकेलिएपछि मन्त्री पुनले त्यसबारे चासो देखाएका थिए । ‘आयोजना कुनै पनि हालतमा ढिलाई हुनुहुँदैन । स्पष्ट खाका बनाएर कामलाई तीव्र रुपमा अगाडी बढाउनु तर्फ लाग्नुपर्छ’ उनले भने ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी आयोजना निर्माणमा ढिलाई गर्न नहुने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजना प्रमुख, विद्युत् प्राधिकरण, निर्माण कम्पनी र मन्त्रालयका सचिव सँगको छलफलमा उनले आयोजनालाई तीव्र रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन ।

निर्माणधीन ४ सय ५६ मेगावाट उक्त आयोजना थप एक बर्ष पर धकेलिएपछि मन्त्री पुनले त्यसबारे चासो देखाएका थिए । ‘आयोजना कुनै पनि हालतमा ढिलाई हुनुहुँदैन । स्पष्ट खाका बनाएर कामलाई तीव्र रुपमा अगाडी बढाउनु तर्फ लाग्नुपर्छ’ उनले भने । समयमै निर्माण सम्पन्न गर्न नसके अायाेजनाकाे ठेक्का ताेड्ने समेत उल्लेख गरे ।

स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी आयोजना आगामी २०७६ कात्तिक सम्ममा मात्रै व्यापारिक उत्पादन गर्न सकिने देखिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत बिज्ञान श्रेष्ठले यसअघि नै बताएका थिए ।

३५ अर्ब २९ करोडको प्रारम्भिक लागत अनुमान सुरु भएको आयोजनाको लागत बढेर ६९ अर्ब रुपैयाँ पुग्ने आयोजनाले जनाएको छ ।