सिभिल बैङ्कले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटलका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतापछि सिभिल बैङ्कका ग्राहकहरुले आईएमई पेमार्पmत सिभिल बैङ्क वा अन्य बैङ्कमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न, विद्युत प्राधिकरण/ ल्यान्डलाइन/ एडीयसयल/ डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्नुका साथै सिनेमा हल र हवाई टिकट समेत खरिद गर्र्न सक्नेछन् ।