सम्झौतापछि बैङ्कले आफूना खातावाला ग्राहकलाई निःशुल्क १० लाख रुपैयाँबराबरको दुर्घटना बिमा र २५ हजार रुपैयाँबराबरको औषधोपचार बिमा आईएमई जनरल इन्स्योरेन्सबाट प्रदान गरिनेछ ।
काठमाडौं : आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको बिमा पोलिसी नेपाल बैङ्कले बेच्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि आईएमई जनरलको बिमा पोलिसी नेपाल बैङ्कले बेच्ने भएको हो ।
सम्झौतापत्रमा आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैङ्कका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरे । सम्झौतापछि बैङ्कले आफूना खातावाला ग्राहकलाई निःशुल्क १० लाख रुपैयाँबराबरको दुर्घटना बिमा र २५ हजार रुपैयाँबराबरको औषधोपचार बिमा आईएमई जनरल इन्स्योरेन्सबाट प्रदान गरिनेछ ।