स्थानीय निकायबाट व्यवसायीहरुले पाउनु पर्ने ठूलो रकम निकास नभएको सन्दर्भमा अब केन्द्रबाटै रकम भुक्तानका लागि पहल गर्ने आश्वासन मन्त्री महासेठले दिएका छन् ।
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रीरघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई सरकारले दिनुपर्ने रकम चाँडै भुक्तानगरिने जानकारी दिएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डसँगको भेटमा मन्त्री महासेठले प्रक्रिया पु¥याएर व्यवसायीको रकम भुक्तान गरिने बताएका हुन् ।
स्थानीय निकायबाट व्यवसायीहरुले पाउनु पर्ने ठूलो रकम निकास नभएको सन्दर्भमा अब केन्द्रबाटै रकम भुक्तानका लागि पहल गर्ने आश्वासन मन्त्री महासेठले दिएका छन् । महासंघका अध्यक्ष रवि सिंहले संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न परियोजनाहरु हस्तान्तरण गरेकोमा ती परियोजनाहरुको निर्माण कार्य सम्पन्न भई बिल पेश हुँदा समेत भुक्तानी नहुने वातावरण सृजना भएको तर्फ मन्त्री महासेठको ध्यानाकर्षण गराएका छन् ।
एडीबी, जाइका, विश्व बैंक लगायतका विदेशीदातृ निकायहरुको ऋण सहयोगमा आह्वान हुने अर्बौैको ठेक्काहरुमा नेपाली व्यवसायीले नै प्रतिस्पर्धा गर्न नपाउने गरी बोलपत्र आह्वान भएको प्रतिमहासंघ प्रतिनिधिमण्डलले कडा आपत्तिजनाएको छ ।