बङ्गलादेशले माथिल्लो कर्णालीबाट ५ सय मेगावाट विद्युत् किन्ने

काठमाडौंमा दुइ दिने नेपाल—बङ्गलादेशबीच उर्जासम्वन्धि सहसचिव तथा सचिव स्तरीय संयुक्त स्थायी बैठकले यस्तो निर्णय गरेको हो । विद्युत् किन्न बङ्गलादेश र नेपालका उर्जा सहसचिव तथा सचिवबीच सहमति भएको हो ।

काठमाडाैं । बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् किन्ने सहमति जनाएको छ । काठमाडौंमा २ दिन नेपाल—बङ्गलादेशबीचकाे उर्जासम्वन्धि सचिवस्तरीय संयुक्त स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । विद्युत् किन्न बङ्गलादेश र नेपालका उर्जा सहसचिव तथा सचिवबीच सहमति भएको हो ।
नेपालका तर्फबाट उर्जा सचिव अनुपकुमार उपाध्याय र बङ्गलादेशका तर्फबाट विद्युत्, उर्जा तथा खनिज श्रोत मन्त्रालयका सचिव अहमद काइकाउसकाे सहअध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाल र बङ्गलादेश बीचको विद्युत् व्यापार सम्भावना, नेपालमा जलविद्युत्मा लगानीको सम्भावना, नेपाल र बङ्गलादेशबीच विद्युत् प्रसारण लाइनको सम्भावना र दुवै देशले नवीकरणीय उर्जाको क्षेत्रमा सहयोग गर्ने सम्वन्धि सहमति भएको थियो ।

बैठकले नेपालको जलविद्युत् लगानीको सम्भाव्यता अध्ययन गर्न दुवै देशका तर्फबाट ३/३ सदस्य रहने गरी संयुक्त प्राविधिक टोली बनाउने निर्णय भएको छ । त्यस्तै, नेपालको प्रसारण लाइन र अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्न पनि ३/३ सदस्य रहने गरी संयुक्त प्राविधि टोली बनाउ अघि बढ्ने सहमति भएको छ ।

एक महिनाभित्र दुवै देशले ३/३ सदस्यको नाम दिने र सम्भाव्यता अध्ययनका लागि संयुक्त प्राविधिक टोली बनाएर लगानी गर्ने विषयमा दुवै देशका उर्जा सहसचिव तथा सचिवबीच सहमति भएको थियो ।