आईएमई डिजिटल र सिभिल बैङ्कबीच सम्झौता

आईएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौं : सिभिल बैङ्क र आइएमई डिजिटलबीच ‘आइएमई पे’मार्फत् विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ । आईएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिभिल बैङ्क आईएमईको बैङ्किङ साझेदार संस्था हुनेछ । बैङ्कका सेवाग्राहीहरूले चाँडै नै आईएमई पे वालेटमा आफ्नो बैङ्क खाता लिङ्क गर्नेलगायत बैङ्क खाताबाट वालेट र वालेटबाट बैंङ्क खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
साथसाथै सिभिल बैङ्कका सेवाग्राहीहरुले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआरमार्फत् गरिने भुक्तानी सेवा पनि प्राप्त गर्नेछन् ।