कम्पनीको संस्थापक सेयरधनी एनबी (इन्टरनेसनल)को तर्फबाट बैङ्कको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका उनी पुनः नियुक्त भएका हुन् ।
काठमाडाैं : नबिल बैङ्कको सञ्चालकमा निर्वाणकुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको संस्थापक सेयरधनी एनबी (इन्टरनेसनल)को तर्फबाट बैङ्कको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका उनी पुनः नियुक्त भएका हुन् । उनले पदबहाली गरिसकेको कम्पनीले जानकारी दिएको छ ।