सयपत्री हाइड्रोले ९ करोडको आईपीओ निष्कासन गर्ने

कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय अवस्थाका बारेमा विश्लेषण गरेको केयर रेटिङ नेपालका अनुसार सो कम्पनीले केयर एनपी आइपिओ ग्रेड पाँच पाएको छ । त्यो भनेको कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्ने हो ।

काठमाडौ । निजी क्षेत्रबाट प्रवद्र्धित सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । त्यसका लागि नेपाल धितोपत्र बोर्डमा साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ ।

कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय अवस्थाका बारेमा विश्लेषण गरेको केयर रेटिङ नेपालका अनुसार सो कम्पनीले केयर एनपी आइपिओ ग्रेड पाँच पाएको छ । त्यो भनेको कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्ने हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता बिक्री गर्नेछ । आईपीओ बिक्री गर्ने छ । कम्पनीले बागलुङको दरमखोलामा नदी प्रवाहमा आधारित २.५ मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाबाट वार्षिक १३ दशमलव ४८ गिगावाट घण्टा ऊर्जा उत्पादन गरेको छ ।

कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हरिचौर सवस्टेशनमा जोडिने बताइए पनि सो सवस्टेशनको काम नसकिँदा समस्या परेको छ । जसका कारण कम्पनीको आम्दानी सोचेअनुसार हुन नसकेको देखिन्छ । सो आयोजनामा गैरआवासीय नेपालीको समेत लगानी रहेको छ ।