इक्रा नेपालले सो बैंकको आर्थिक अवस्था औसतभन्दा तल रहेको उल्लेख गर्दै ग्रेड चार दिएको छ ।
काठमाडौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको हो ।
संस्थाको चुत्तापूँजी १६ करोड रुपैयाँ रहेको छ । बोर्डको स्वीकृतिअनुसार बैंकले यही मङ्सिर २३ गतेदेखि आगामी पुस २९ गतेसम्म सेयर बिक्री गर्ने जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । इक्रा नेपालले सो बैंकको आर्थिक अवस्था औसतभन्दा तल रहेको उल्लेख गर्दै ग्रेड चार दिएको छ ।