चालू आर्थिक बर्षभित्र नै निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार प्राधिकरणले तीव्र रुपमा निजी आवास निर्माणलाई तीव्रता दिएको हो ।
२०७२ बैशाख १२ गते गएको भूकम्पका कारण भत्किएका घरमध्ये हालसम्म ३ लाख घर निर्माण सम्पन्न भएका छन् । निजी आवास पुननिर्माण अन्र्तगत ९ लाख ९६ हजार ५ सय ८२ घरमध्ये हालसम्म ३ लाख एक हजार ८ सय ६६ घर निर्माण भइसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
चालू आर्थिक बर्षभित्र नै निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार प्राधिकरणले तीव्र रुपमा निजी आवास निर्माणलाई तीव्रता दिएको हो । भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लामा ५ लाख ६२ हजार ६ सय ६६ घर निर्माण भइरहेका छन् । हालसम्म ४३ प्रतिशत निजी आवास निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार, ८ लाख २२ हजार ७ सय १९ लाभग्राही घरधुरीमध्ये ७ लाख ३१ हजार ४ सय ४३ घरधुरीले पहिलो किस्ता, ५ लाख २१ हजार २ सय ५८ दोस्रो किस्ता र ३ लाख ३१ हजार ४ सय ७८ घरधुरीले तेस्रो किस्ता पाइसकेका छन् । निजी आवास पुननिर्माणका सरकारले किस्ताबापत ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ अनुदान दिँदै आएको छ । हालसम्म ५ लाख ३३ हजार ३ सय ८२ घरधुरीले दोस्रो किस्ता र ३ लाख ५४ हजार ७ सय ९५ तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राही छन् ।
प्राधिकरणले यस बर्ष निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार लाभग्राहीलाई अनुदानबापत किस्ता लिने समयावधि, वित्तिय समस्या न्युनीकरण, इन्जिनियर तथा निर्माणकर्मीको व्यवस्था र स्थानीय तहसँगको समन्वय गरी पुननिर्माणलाई थप प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । चालू आव भित्रै निजी आवास पुनर्निर्माण गर्ने लक्ष्यअनुसार प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेको प्राधिकरणका प्रवक्ता पिताम्वर घिमिरेल बताए ।
उनले हालसम्म ४३ प्रतिशत घर निर्माण भइसकेको बताए । ‘चालू आवभित्रै निजी आवासतर्फको पुनर्निर्माण गर्ने लक्ष्य छ’ उनले भने, ‘त्यस्का लागि ‘अनुदानबापतको ३ लाख किस्ता लिन समयसीमा तोकेका छौ । वित्तिय समस्या, गुनासो व्यवस्थापन र जनशक्ति व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाएर अघि बढ्छौ ।’