सानिमा लाइफ सञ्चालनमा आएको एक वर्ष, ‘जीवनश्री’ जीवन बिमा योजना सार्वजनिक

कम्पनीले सञ्चालनमा आएको पहिलो वार्षिकोत्सवमा अनलाइनको माध्यमबाट बिमा योजना खरिद गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ, जुन योजना खरिद गरेको केही घन्टाभित्रमै लागू हुनेछ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवनश्री’ जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले सञ्चालनमा आएको एक वर्ष भएको उपलक्ष्यमा वार्षिकोत्सव कार्यक्रम मनाउँदै ‘जीवन श्री’ योजना सार्वजनिक गरेको हो ।

कम्पनीले १५ लाख रुपैयाँको न्यूनतम बिमाङ्क योजनामा प्रतिहजार वार्षिक ७० रुपैयाँ बोनस दिने बताएको छ । १० देखि २५ वर्षको अवधिमा बिमा गर्दा सबैले प्रतिहजार वार्षिक ७० रुपैयाँ बोनस दिने जानकारी कम्पनीले दिएको छ । त्यसका लागि बिमाकर्ता १६ वर्षदेखि ७० वर्ष उमेर समूहको हुन पर्ने कम्पनीको बिमा पोलिसिमा उल्लेख छ ।

कम्पनीले सञ्चालनमा आएको पहिलो वार्षिकोत्सवमा अनलाइनको माध्यमबाट बिमा योजना खरिद गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ, जुन योजना खरिद गरेको केही घन्टाभित्रमै लागू हुनेछ ।