बैङ्क अफ काठमान्डु ‘आइएमई पे’मा आबद्ध

काठमाडौंः बैङ्क अफ काठमान्डु बैङ्क आइएमई पे वालेटमा आबद्ध भएको छ । दुई कम्पनीबीच सम्झौता भएपछि अब आइएमइका ग्राहकले सिधै रकमान्तर गर्न सक्ने छन् । बैङ्क अफ काठमान्डुले सेवाग्राहीहरूलाई आइएमईमा वालेटमा बैङ्क खाता लिङ्क गर्ने लगायत बैङ्क खाताबाट वालेट र वालेटबाट बैङ्क खातामा रकम जम्मा गर्ने पाइने सेवा उपलब्ध हुनेछ ।

साथै बैङ्कका ग्राहकले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने छन् ।