उप्रेती यसअघि वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव थिए । उनले अब सीईओसँगै कम्पनी सचिवको पनि जिम्मेवारी सम्हाल्नेछन् ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकृष्ण उप्रेती नियुक्त भएका छन् ।
उप्रेती यसअघि वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव थिए । उनले अब सीईओसँगै कम्पनी सचिवको पनि जिम्मेवारी सम्हाल्नेछन् ।
संस्थाको सञ्चालक समितिले उनलाई आगामी पुस ५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो । गत असोजमा उदयराज खतिवडाले सीईओको जिम्मेवारी त्यागेपछि उप्रेतीले निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।