आइएमई डिजिटल र नेपाल बङ्गलादेशबीच सम्झौता

सम्झौताअनुसार नेपाल बङ्गलादेश बैङ्क ‘आइएमई डिजिटल’को बैङ्किङ साझेदार संस्था हुनेछ ।

काठमाडौंः आइएमई डिजिटल र नेपाल बङ्गलादेश बैङ्कबीच आइएमई पे मोबाइल मनीमार्फत् मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बङ्गलादेश बैङ्कका प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले सोमबार हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपाल बङ्गलादेश बैङ्क ‘आइएमई डिजिटल’को बैङ्किङ साझेदार संस्था हुनेछ । बैङ्कका सेवाग्राहीहरूले चाँडै आइएमई पे वालेटमा आफ्नो बैङ्क खाता लिङ्क गर्नेलगायत बैङ्क खाताबाट वालेट र वालेटबाट बैङ्क खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।