आईएमई लाइफको बिमा पोलिसी एनआईसी एसियाले बेच्ने

दुई कम्पनीबीच भएको सम्झौतापत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे ।

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि आईएमईको बिमा पोलिसी एनआईसीले बेच्ने भएको हो ।

दुई कम्पनीबीच भएको सम्झौतापत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे ।

बैङकास्योरेन्स सम्झौतापछि सर्वसाधारण तथा बैङ्कका ग्राहकले एनआईसी एसियाबाट आईएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका सक्ने छन् ।