नेपाल बैङ्कर एसोसियसनमा ब्याजदर नबढाउने अनौपचारिक सहमति भएकाले तत्कालका लागि ब्याजदर नबढ्ने भएको हो ।
बैङ्कहरुले तत्कालका लागि ब्याजदर वृद्धि नगर्ने भएका छन् । नेपाल बैङ्कर एसोसियसनमा ब्याजदर नबढाउने अनौपचारिक सहमति भएकाले तत्कालका लागि ब्याजदर नबढ्ने भएको हो ।
यसअघि बैङ्कहरुबीच भएको ब्याजदरको भद्र सहमति तोडिदाँ निक्षेपको ब्याजदर १२ प्रतिशतदेखि १३ प्रतिशतसम्म पुगेको थियो । लगत्तै नेपाल राष्ट्र बैङ्क र अर्थमन्त्रालयले ब्याजदर घटाउन विभिन्न उपाय खोजिरहेका थिए । हालसम्म ५ बैङ्कले मात्र ब्याजदर वृद्धि गरेको सूचना जारी गरेकाले ब्याजदर वृद्धिको दर अझ बढ्ने सम्भावना थियो ।
भद्र सहमति तोडिँदै एकाएक ब्याजदर बढेपछि निजी क्षेत्रबाट चर्को विरोध भएको थियो । ब्याजदर वृद्धिको उही गति रहे उद्योग व्यवसाय गर्न नसक्ने उद्योगीले बताउँदै आएका थिए । यस्तै ब्याजदरको प्रभाव सेयर बजारमा समेत परेको थियो ।