सिभिल बैङ्कले केन्द्रीय कार्यालय सुन्धारामा सार्ने

कम्पनीले तीनधारा कमलादीमा रहेको केन्द्रीय कार्यालय सार्न नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाइसकेको छ ।

काठमाडाैं : सिभिल बैङ्कले आफ्नो केन्द्रीय कार्यालय सुन्धारास्थित सिभिल टे«ड सेन्टरमा स्थानान्तरण गर्ने भएको छ । कम्पनीले तीनधारा कमलादीमा रहेको केन्द्रीय कार्यालय सार्न नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाइसकेको छ ।

केन्द्रीय बैङ्कको स्वीकृतिबमोजिम मङ्सिर २६ गतेदेखि सिभिल टे«ड सेन्टरमा सार्ने भएकाले बैङ्कको सम्पूर्ण काम कारवाही सोही स्थानबाट हुने कम्पनीले जनाएको छ ।