माछापुच्छ्रेले १० प्रतिशत लाभांश दिने, पुस २० गते साभारणसभा

कम्पनीले १० प्रतिशतका दरले करसहित ८० करोड ५५ लाख ५९ हजार रुपैयाँ लाभांश दिने भएको हो ।

माछापुच्छ्रे बैङ्कले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशतका दरले करसहित ८० करोड ५५ लाख ५९ हजार रुपैयाँ लाभांश दिने भएको हो ।

कम्पनीले पुस २० गते वार्षिक साधारणसभा गर्ने भएको छ ।