सिटिजन्स बैङ्कको कामु सीईओमा पोखरेल

यसअघि स्थापनाकालदेखि नै बैङ्कको कार्यकारी अधिकृतमा रहेका राजनसिंह भण्डारीले पद छाडेपछि पोखरेल नियुक्त भएका हुन् ।

सिटिजन्स बैङ्क इन्टरनेसनलकाे कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । यसअघि स्थापनाकालदेखि नै बैङ्कको कार्यकारी अधिकृतमा रहेका राजनसिंह भण्डारीले पद छाडेपछि पोखरेल नियुक्त भएका हुन् । उनलाई कम्पनीको सञ्चालक समितिले मङ्सिर २८ गते नियुक्त गरेको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार पुस १ गतेदेखि पोखरेलले कार्यकारी अधिकृतको पद सम्हालेका छन् । भण्डारीको कार्यकाल पुस १६ गते समाप्त हुने भए पनि उनी आइतबारबाट बिदा बस्दै छन् ।