आईएमई जनरल इन्स्योरेन्सको नाफा १२८ प्रतिशत बढ्ने, ३ वर्षमा ३८ करोड ५१ लाख पुग्ने प्रक्षेपण

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणपत्रमा नाफा ३ वर्षमा २१ करोड ६३ लाख रुपैयाँ थप हुने प्रक्षेपण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षमा नाफा ३३.६३ प्रतिशत बढेर २२ करोड ५६ लाख रुपैयाँ पुग्ने अनुमान आईएमईको छ । यस्तै ०७६/०७७ मा ३० करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

काठमाडौं : आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा १२८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा नाफा बढेर ३८ करोड ५१ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणपत्रमा नाफा ३ वर्षमा २१ करोड ६३ लाख रुपैयाँ थप हुने प्रक्षेपण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षमा नाफा ३३.६३ प्रतिशत बढेर २२ करोड ५६ लाख रुपैयाँ पुग्ने अनुमान आईएमईको छ । यस्तै ०७६/०७७ मा ३० करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३ वर्षमा ३७.७४ पैसा पुग्नेछ । आईएमईका अनुसार चालू आर्थिक वर्षमा २२ रुपैयाँ ११ पैसा र आगामी वर्ष २९ रुपैयाँ ६५ पैसा पुग्ने अनुमान कम्पनीको छ । हकप्रद सेयर निष्कासनपछि पुँजी बढ्ने भएकाले चालू गत आर्थिक वर्षको तुलनामा चालू आवमा ईपीएस घट्ने छ । गत आवमा ईपीएस ३१ रुपैयाँ २७ पैसा थियो ।

३ वर्षमा बिमा शुल्क आर्जन बढेर ९६ करोड ९३ लाख रुपैयाँ पुग्ने अनुमान छ । चालू आर्थिक वर्षमा ६८ करोड ८५ लाख र आगामी आर्थिक वर्षमा ८० करोड रुपैयाँ पुग्नेछ ।

कुल बिमा प्रिमियम आम्दानी कम्पनीले विगत वर्षमा हासिल गरेको, कम्पनीको लगानीकर्ताहरुको बजारमा रहेको साख, व्यवस्थापनको अनुभव तथा बिमा बजारको औसत समेतलाई मध्यनजर राखी वित्तीय प्रक्षेपणको आधार तयार गरिएको कम्पनीले जनाएको छ ।

हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी बढेर ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले ८० प्रतिशत अर्थात् ४३ करोड २० लाख रुपैयाँबराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद निष्कासन माघ २१ गतेसम्म रहेको कम्पनीले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

बिमा समितिले निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको पुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याएको छ । ३ वर्षमा कम्पनीको जगेडा कोषको आकार पनि बढेर ५० करोड ८६ लाख रुपैयाँ पुग्ने अनुमान छ । इक्रा नेपाल लिमिटेडले इक्रा ग्रेड ४ प्रमाणपत्र दिएको छ । कम्पनीमा आईएमई ग्रुप र एनबी गुप्र समूहको बहुमत स्वामित्व छ ।

हकप्रदबाट प्राप्त हुने ४३ करोड २० लाख रुपैयाँ शाखा कार्यालय, प्राविधिक तथा सेवा विस्तार, व्यापार प्रवद्र्धन तथा मानव संसाधनको विकास र उच्च प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।