कम्पनीले पुस १ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
काभ्रे : ग्लोबल आइएमई बैङ्कको शाखा कार्यलय काभ्रे जिल्लाको बेथानचोकमा स्थापना भएको छ । कम्पनीले पुस १ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
कम्पनीको शाखा कार्यलय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरे ।
उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बेथानचोक लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैङ्कले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।