इटालियन ठेकदार कम्पनी सीएमसीले मेलम्ची खानेपानी छोड्यो

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका छन् । खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो । यो सङ्गै मेलम्ची खानेपानी आयोजना अन्योलमा परेको छ ।