मुद्दती निक्षेपको ब्याजदर बढेर १३ प्रतिशत पुगेपछि सानिमा बैङ्कको ऋणपत्र बिक्री नभएको हो । अहिले अधिकांश बैङ्कले ऋणपत्रको भन्दा ३ प्रतिशत बढी ब्याज दिएका छन् । बैङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।
काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर बढेपछि सानिमा बैङ्कको ऋणपत्र (डिवेञ्चर) बिक्री भएन । ऋणपत्र बिक्री नभएपछि बैङ्कले म्याद थप गरेको छ । बैङ्कले कात्तिक ३० देखि पुस १ गतेसम्म निष्कासन गरेकोमा बिक्री नभएपछि पुस १६ गतेसम्मलाई म्याद थप गरिएको निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
मुद्दती निक्षेपको ब्याजदर बढेर १३ प्रतिशत पुगेपछि सानिमा बैङ्कको ऋणपत्र बिक्री नभएको हो । अहिले अधिकांश बैङ्कले ऋणपत्रको भन्दा ३ प्रतिशत बढी ब्याज दिएका छन् । बैङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।
ऋणपत्र प्रतिकित्ता १ हजार दरका २० लाख कित्ता छन् । न्यूनतम २५ देखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन पाइने छ । ऋणपत्र २०८५ मा परिपक्व हुने छ ।