स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरिएको हो । भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण शुरु गरेको थियो ।
भीमदत्तनगर : भीमदत्त नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणका लागि यहाँका चार बैंकलाई जिम्मेवारी दिएको छ । स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरिएको हो । भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण शुरु गरेको थियो ।
नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा सामाजिक सुरक्षाभत्ता वडा कार्यालयबाट वितरण गरिएको बताए । “बैंकबाट वितरण हुँदा वृद्धवृद्धाले सास्ती खेप्नुपरेको थियो,” उनले भने, “अहिले घरआँगनकै वडा कार्यालयबाट वितरण हुँदा सहजता थपिएको छ ।”
भीमदत्त नगरपालिकामा कञ्चन बैंकले सबैभन्दा बढी वडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चनपछि कुमारी बैंकले बढी बडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चन बैंकले वडा नं २, ३, ६, ७, ८, ९, १०,१५, १६, १७ र १९ वडामा भत्ता वितरणको जिम्मा लिएको छ ।
यसैगरी वडा नं ५, ११, १२, १३, १४ मा कुमारी बैंकले भत्ता वितरणको जिम्मा लिर्दैै आएको छ । वडा नं १ र ४ प्रभु बैंक तथा वडा नं १८ मा एनससीसी बैंकले भत्ता वितरणको जिम्मेवारी दिएको नगरपालिकाले जनाएको छ ।
चालू आर्थिक वर्षका लागि सामाजिक सुरक्षाभत्तामा १८ करोड बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, दलित, दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख राउटे, राजी समुदाय, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता दिने गरिएको छ । भीमदत्तमा १० हजार बढी बासिन्दाले सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन् ।