आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आममानिसको पहुँचहुने खालका १० प्रकारका स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले देशभर प्रधानकार्यालय सहित ४० ओटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखाबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदानगरिँदै आएको जानकारी गराएका थिए । उनले भविष्यमा अझ बढी लाभदायक र नवीनतम् बिमा योजनाहरु ल्याउने जानकारी समेत दिए । कम्पनीमा आबद्ध १ हजार २ सय ५४ अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाई व्यवसायमा सक्रीय रुपले सहभागी हुनेगरी प्रविधिको उच्चतम् प्रयोगबाट बिमालेख जारी गरिन्छ ।
सभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको आव २०७३–७४ को वासलात तथा हिसाब समेत स्वीकृत गर्यो । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा डा रामहरि अर्याल, ईश्वरकुमार कार्की, दीपचन्द्र रेग्मी, सञ्जय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई सो सभाले निर्वाचित गर्यो । सञ्चालक समितिको बैठकले डा रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन समेत गर्यो ।
बीमा समितिको प्रावधानअनुसार २०७५ साल अषाढ मसान्तसम्मको चुक्ता पुँजी कम्तीमा २ अर्ब रुपैयाँ पु¥याउनु पर्ने प्रावधानअनुरुप सर्वसाधारणलाई सेयर जारी गरी पुँजी वृद्धिगर्ने बताइएको छ ।