कतारको बैङ्क नेपालमा स्थापना भएपछि कतारमा रहेका नेपालीले रेमिट्यान्स पठाउन सहज हुनेछ । तर, दोहा बैङ्कले नेपालमा खुद्रा बैङ्किङ कारोबार गर्न भने पाउँदैन ।
काठमाडौं : कतारको दोहा बैङ्कले नेपालमा प्रतिनिधि कार्यालय खोलेको छ । कम्पनीले नेपालको ग्लोबल आईएमई बैङ्कसँगको साझेदारीमा कार्यालय स्थापना गरेको हो । दोहा बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट ६ महिनाअघि कार्यालय स्थापनाका लागि स्वीकृति पाएको थियो ।
कतारको बैङ्क नेपालमा स्थापना भएपछि कतारमा रहेका नेपालीले रेमिट्यान्स पठाउन सहज हुनेछ । तर, दोहा बैङ्कले नेपालमा खुद्रा बैङ्किङ कारोबार गर्न भने पाउँदैन । कम्पनीले बैङ्कको सम्बन्ध विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय अनुभव साट्ने काम गर्ने जनाइएको छ । विश्वभर आफ्ना शाखा कार्यालय स्थापना गरिसकेको बैङ्कले नेपालमा समेत प्रतिनिधि कार्यालय स्थापना गरेको हो ।
यसअघि जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण कोरिया, दक्षिण अफ्रिका, अस्टे«लिया तथा युरोपमा प्रतिनिधि कार्यालय खोलिसकेको छ । यस्तै भारत, कुवेत, दुबईमा कम्पनीले शाखा कार्यालय स्थापना गरिसकेको छ ।