काठमान्डौंः एनआईसी एसिया बैङ्कले वार्षिक साधारण सभा पारित गरेको छ । कम्पनीले साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १० प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीले १० प्रतिशतका दरले ८० करोड ३१ लाख ११ हजार ७ सय रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत अर्थात ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांश दिने भएको छ । बोनस सेयर वितरणबाट बैङ्कको साविक अधिकृत पूँजी ८ अर्ब ४ करोड वृद्धि गरि ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
हाल एनआईसी एसियाको देशभर २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैङ्किङ ईकाईमार्फत बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैङ्क हुन सफल भएको छ ।
बैङ्कको वासलातको आकार २ सय ११ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब पुगेको छ । बैङ्कको हाल १ सय ४५ अर्ब कर्जा परिचालित छ ।