प्रभुको ‘श्रीवृद्धि जीवन बिमा योजना’, प्रत्येक वर्ष ५ प्रतिशत बोनस

प्रभु लाइफ इन्योरेन्स कम्पनीले ‘श्रीवृद्ध जीवन बिमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ योजनाअनुसार प्रभु लाइफमा बिमा गर्ने ग्राहकले प्रत्येक वर्ष ५ प्रतिशत बोनस पाउनेछन् ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा आत्मराम घिमिरेले जीवन बिमा योजना सार्वजनिक गरिएको योजनामा बीमा शूल्क (प्रिमियम) भने सधैं एकै नाश हुने बताइएको छ । कम्पनीका अनुसार १० लाख रुपैयाँको बिमा गर्दा २० वर्षे जीवन बिमा गर्दा पहिलो वषै नै १० लाख रुपैयाँको बिमामा ५० हजार रुपैयाँ थप हुनेछ ।

२० वर्षमाबीमा रकम २० लाखको हनेछ र बोनससहित बीमितले ३ गुणा रकम एकमुष्ट पाउने छन् । ‘टाइम भ्यालु अफ मोनि’को अवधारणालाई पूरा गर्ने उद्देश्यले यस जीवन बिमा योजना सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । हाल प्रभु लाइफ कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।