१०० किलोवाट क्षमताको सो आयोजना मदरल्याण्ड इनर्जी ग्रुप र पावर टेक नेपालको प्राविधिक सहयोगमा ग्रीडमा जडान भएको हो । यस आयोजनाबाट उत्पादित विद्युत् भोर्लेटारस्थित ११ केभी लाइनमा जोडिएको ग्रुपका अध्यक्ष कृष्णप्रसाद देवकोटाले जानकारी दिए। ‘‘प्राविधिक टोलीले १५ दिनको परीक्षणपछि सो आयोजनाबाट उत्पादित विद्युत्लाई सफलतापूर्वक ग्रीडमा जोडिएको हो ।’’
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले १०० किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइनमा जोड्न स्वीकृति दिएपछि पछिल्लोपटक लमजुङको मध्यनेपाल नगरपालिकास्थित करापुटारमा निर्माण भएको मिदिम खोला लघुजलविद्युत् आयोजना ग्रीडमा जोडिएको छ ।
१०० किलोवाट क्षमताको सो आयोजना मदरल्याण्ड इनर्जी ग्रुप र पावर टेक नेपालको प्राविधिक सहयोगमा ग्रीडमा जडान भएको हो । यस आयोजनाबाट उत्पादित विद्युत् भोर्लेटारस्थित ११ केभी लाइनमा जोडिएको ग्रुपका अध्यक्ष कृष्णप्रसाद देवकोटाले जानकारी दिए। ‘‘प्राविधिक टोलीले १५ दिनको परीक्षणपछि सो आयोजनाबाट उत्पादित विद्युत्लाई सफलतापूर्वक ग्रीडमा जोडिएको हो ।’’
प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि चारवटा आयोजना ग्रीडमा जोडिएका हुन् । प्राधिकरणका अनुसार यसअघि नुवाकोट स्याउरेभूमे खोलाको २३ किलोवाट, धनकुटाको लेगुवा खोलाको ४० किलोवाट र ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट विद्युत् ग्रीडमा जोडिएको छ । यी सबै आयोजनाको विद्युत् ११ केभी लाइनमा जोडिएको छ ।
हाल लघुजलविद्युत्मा करीब २८ प्रतिशत विद्युत् मात्रै उपयोग भएको छ । ७२ प्रतिशत खेर गएको छ । त्यसलाई उपयोग गर्न ग्रीडमा जोड्नुको विकल्प नभएको बताउँदै ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका ग्रीड इन्टरकनेक्सन विज्ञ जीवनकुमार मल्लिक भन्छन, ‘‘विद्युत् आदानप्रदान गर्न हालको जस्तो पिपिएले सम्बोधन नगर्ने भएकाले पिपिएको सट्टा विद्युत् आदानप्रदान(पिइए) गर्नुपर्ने हुन्छ ।’’
लघुजलविद्युत्लाई ग्रीडमा जोड्न पिपिएदेखि अन्य प्रक्रिया ठूला आयोजनासरह नै रहेको छ । लघुजलविद्युत्लाई सामान्य फाराम भरेर मात्रै ग्रीडमा जोड्न सकिने गरी सरलीकरण गर्नु आवश्यक रहेको बताउछन् । देशभरका लघुजलविद्युत् आयोजनाहरुलाई ग्रीडमा जोड्न सकिएमा केन्द्रीय प्रशारण पुगेपनि बन्द हुनुपर्ने अवस्थाको अन्त्य भई सरकार, दातृ निकाय र जनताको लगानी खेर नजाने उनको भनाइ छ । रासस