प्राइम लाइफ इन्स्योरेन्स कम्पनीकाे नक्कली बीमा भेटियो, कीर्ते गर्ने ३ कर्मचारी सीआईबीको नियन्त्रणमा

कीर्ते काम गरेको अभियोगमा कम्पनीका कर्मचारी प्रकाश रेग्मी, धुव्र रेग्मी, सिंहबहादुर लामा लगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा नक्कली बिमा गराएको भेटिएको छ । वैदेशिक रोजगारीका लागि गरिएको आवाधिक जीवन बिमा नक्कली भएको भेटिएको हो ।

कीर्ते काम गरेको अभियोगमा कम्पनीका कर्मचारी प्रकाश रेग्मी, धुव्र रेग्मी, सिंहबहादुर लामालगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआइबी) को टोलीले प्राइम लाइफको नाममा भएको ५७४ जनाको बिमा नक्कली भएको खुलेको ब्युराेका डीआइजी निरज शाहीले जानकारी दिए । उनीहरूले सेवाग्राहीबाट बिमा गरिदिए वापत ४ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा देखिएको छ ।

अभियुक्तहरूले नक्कली बिमाको कपि बनाएर श्रम स्वीकृतिसमेत लिने गरेका थिए ।