आउँदो बिहीबार धराहराको पुननिर्माण शिलन्यास

आगामी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको औपचारि सिलन्यास गर्दै पुननिर्माण अघि बढाइने भएको हो ।

काठमाडाैं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका क्षतिग्रस्त धराहराको पुनर्निमाण शिलान्यास हुने भएको छ । आगामी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको औपचारिक शिलन्यास गर्दै पुननिर्माण अघि बढाइने भएको हो ।

भत्किएका संरचनाको व्यवस्थापन, विद्युत्तीय तार व्यवस्थापन, फाइबर विच्छ्याउने लगायतका कामले धराहराको पुननिर्माणमा ढिलाई भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले बताए । उनले यहि बिहीबार प्रधामन्त्री केपी शर्मा ओलीको आतिथ्यतामा धराहराको औपचारिक सिलन्यास भइ निर्माण अघि बढ्ने बताए ।

जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माण गर्नेछ । साढे ३ अर्ब लागतमा धराधराको पुननिर्माण गर्ने गरी सो कम्पनीले जिम्मा पाएको हो ।