ट्रेड टावरले नयाँ हाउजिङ योजना सुरु गर्दै, २६६ प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी

कम्पनीले विभिन्न नयाँ हाउजिङ परियोजना विकासका लागि हकप्रद सेयर निष्कासन गर्न लागेकाे कम्पनीका सञ्चालक सतिश न्यौपानेले बताए ।

काठमाडौं । ट्रेड टावरको सञ्चालक कञ्चनजङ्घा हाउजिङ लिमिटेडले व्यवसाय विस्तार गर्न २६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले विभिन्न नयाँ हाउजिङ परियोजना विकासका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका कम्पनीका सञ्चालक सतिश न्यौपानेले बताए ।
उनले हाउजिङको पहिचान भइनसकेको र निकट भविष्यमा सुरु गरिने जानकारी दिए । नयाँ हाउजिङ आयोजनाका लागि थप पुँजी आवश्यक पर्ने भएकाले हकप्रद निष्कासन गर्न लागेको उनले स्पष्ट पारे ।

हकप्रद निष्कासनको प्रस्ताव पुस २९ गते बस्ने सातौ वार्षिक साधारणसभाले पारित गर्ने न्यौपानेले बताए । चुक्ता पुँजी बढाएर ५१ करोड रुपैयाँ पुर्याउने र त्यसपछि हकप्रद निष्कसन गर्ने कम्पनीको योजना छ । हकप्रद सेयर बिक्री नभए नयाँ सेयरधनी थप गर्ने योजना कम्पनीको छ । हकप्रदबाट थप डेढ अर्ब रुपैयाँ सङ्कलन हुने छ ।