बैंकले सम्बन्धित नियामक निकायको स्वीकृति लिएर जीवन, निर्जिवन बीमा, पुनर्बीमा, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड, क्रेडिट रेटिङ, धितोपत्र दलाल, धितोपत्र बजार र मर्चेण्ट बैंकिङ कारोबार गर्ने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले आफनो सहायक कम्पनीमार्फत व्यवसायमा विविधिकरण गर्ने भएको छ । बैंकले वित्तीय क्षेत्रसंग सम्बन्धित आधादर्जन नयाँ व्यवसाय सहायक कम्पनीमार्फत सुरु गर्न लागेको हो ।
बैंकले सम्बन्धित नियामक निकायको स्वीकृति लिएर जीवन, निर्जिवन बीमा, पुनर्बीमा, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड, क्रेडिट रेटिङ, धितोपत्र दलाल, धितोपत्र बजार र मर्चेण्ट बैंकिङ कारोबार गर्ने योजना सार्वजनिक गरेको छ ।
बैंकले व्यवसायमा विविधिकरण गर्न आउदो पुस २० गते वस्ने २० औं साधारणसभामा विशेष प्रस्तावका रुपमा लैजाने भएको छ । सभाले सञ्चालक समितिलाई अख्तियारी दिएपछि काम अघि बढ्ने बैंकले जनाएको छ ।
साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकको न्युनतम चुत्तापुँजी पुगेकाले यो वर्षदेखि लाभांश दिने प्रस्ताव गरेको हो ।