यस्तै भारतमा पीओएसबाट सामान खरिद गर्दा १ लाख रुपैयाँसम्मको मात्र पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । १ लाख रुपैयाँ भन्दा बढी सामान किन्दा एलसी खोल्नुपर्ने व्यवस्था गरेको छ ।
काठमाडौं । वाणिज्य बैंकले भारुमा ऋण लिदा त्यहाँको ट्रेजरी विल्सको १ प्रतिशत शुल्क थपेर ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगबार नयाँ निर्देशन जारी गरी ट्रेजरी विल्सको २ प्रतिशतसम्म शुल्क भारतबाट कर्जा लिन पाउने बाटो खुला गरेको हो । यसअघि ३६५ दिनको आधारमा १ प्रतिशत मात्र भएकोमा अब यसमा १ प्रतिशत थप शुल्क तिरेर ऋण लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए ।
शुल्क बढेपछि वाणिज्य बैंकलाई भारतका बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन बाटो खुला भएको उनले जानकारी दिए । यो व्यवस्थाबाट नेपाली बैंकले भारतबाट साढे ९ देखि १० प्रतिशत ब्याजमा कर्जा लिन सक्ने उनले जानकारी दिए ।
बैंकिङ प्रणालीमा लगातार लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) को समस्या बढेपछि केन्द्रीय बैंकले प्राथमिक पुँजीको ५० प्रतिशत ऋण लिन पाउने व्यवस्था गरेको छ ।
बैंकहरुले विदेशी मुद्रामा निक्षेप लिदा सोको ३ गुणासम्म ब्याज लिने गरेकोमा अब निक्षेपको २ प्रतिशतसम्म नबढाइकन मात्र व्याज लिन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यस्तै भारतमा पीओएसबाट सामान खरिद गर्दा १ लाख रुपैयाँसम्मको मात्र पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । १ लाख रुपैयाँ भन्दा बढी सामान किन्दा एलसी खोल्नुपर्ने व्यवस्था गरेको छ ।