आयोजना बनाउन १ अर्ब १५ करोड रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ रहेको छ । भूकम्प र नाकावन्दीले गर्दा समय लम्बिँदा आयोजनाको लागत बढेको कम्पनीको दावी छ ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पुस १९ गतेदेखि १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा पुस २३ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक भिबोर क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओमा न्युनतम ५० देखि अधिकतम १० हजार सम्म आवेदन दिन पाइने भिबोरले जानकारी दिएको छ ।
५५ करोड रुपैयाँ चुत्तापुँजी मध्ये २० प्रतिशतले हुन आउने ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता रहेको छ । यस्तै आयोजना प्रभावित म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई निष्कासन गरिएको मध्ये बिक्री नभएको ४ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको ४ लाख ५५ हजार ७७० कित्ता आईपीओ समेत थप गरी बिक्री गर्न लागिएको हो ।
कुल निष्कासन मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । वित्तीय अवस्था कमजोर भएकाले घलेम्दीले इक्रा नेपाल लिमिटेडबाट ५ ग्रेड पाएको छ । घलेम्दीले ५ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ ।
आयोजना बनाउन १ अर्ब १५ करोड रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ रहेको छ । भूकम्प र नाकावन्दीले गर्दा समय लम्बिँदा आयोजनाको लागत बढेको कम्पनीको दावी छ । आर्थिक वर्ष ०७७/०७८ सम्म कम्पनीको नेटवर्थ ऋणात्मक अर्थात ९६ रुपैयाँ ५२ पैसा पुग्ने सार्वजनिक गरिएको प्रक्षेपणले देखाएको छ ।