बनिसकेका भवनको नक्सा नियमित गर्नका लागि सेवाग्राहीको अत्याधिक चाप परेकाले आउँदो असार मसान्तसम्म म्याद थप गरेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले बनिसकेका घर र ठुला भवनको नक्सा पास गर्ने र सम्पन्नताको प्रमाणपत्र लिने समय थप गरेको छ । बनिसकेका भवनको नक्सा नियमित गर्नका लागि सेवाग्राहीको अत्याधिक चाप परेकाले आउँदो असार मसान्तसम्म म्याद थप गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरको नगरसभाबाट स्वीकृत भवन निर्माण मापदण्ड २०७५ र कार्यविधि बमोजिम बनिसकेका घर र भवनको नक्सा नियमित गर्न र भवन सम्पन्नताको प्रमाणपत्र लिन महानगरको भवन निर्माण इजाजत विभागले पुस ११ गतेसम्म समय दिएको थियो ।
सेवाग्राहीको अध्याधिक चापका कारण समय थप गरेको महानगरले जनाएको छ । गत असो १२ गतेदेखि नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र लिन खुला गरेको थियो ।